गुल्मीको रेसुङ्गा अस्पतालमा दाँतको उपचार गर्न पुगेका एक व्यक्तिको मृत्यु भएको छ।
मालिका गाउँपालिका ६ अर्जेका ५३ वर्षीय शिवलाल अर्यालको गिजाको पिप निकाल्ने क्रममा मृत्यु भएको बताइएको छ।
उनका आफन्त बुद्धि गौतमका अनुसार सामान्य दाँत दुखेर मंगलबार दिउँसो रेसुङ्गा अस्पताल भर्ना भएका अर्याललाई डाक्टरले गिजाको पिप निकालेपछि ठीक हुन्छ भनेका थिए तर, अप्रेसनपछि उनको होस खुलेन।
अस्पताल प्रशासनले भने यस बारे केही बोल्न चाहेको छैन।
मृतकका आफन्तले चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको भन्दै कारबाहीको माग गरेका छन्।