राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशम्शेर राणाले प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा (राष्ट्रवादी) सँग छिट्टै एकता हुने बताएका छन्।
बिहीबार भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा राणाले उक्त जानकारी दिएका हुन्। ‘राप्रपा प्रजातान्त्रिक र राप्रपा राष्ट्रवादीबीच अबको दुई चार दिनमै एकता हुन्छ,’ उनले भने ।
उनले पार्टी एकता हुने कुनै निश्चित मिति तोकेका छैनन्।
गत साउन २२ गते राणासहितका नेताले कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) फुटाएर राप्रपा प्रजातान्त्रिक दर्ता गराएका थिए। लोहनीको नेतृत्वमा त्यसअिघ नै राप्रपा राष्ट्रवादी गठन भएको थियो।
*सच्याइएको