सप्तरीमा मतगणना भइरहेका स्थानीय तह मध्ये नेपाली कांग्रेसले एक ठाउँमा विजय हासिल गरेको छ भने पाँच ठाउँमा अग्रता लिएको छ ।
कांग्रेसले विष्णुपुर गाउँपालिकामा विजय हासिल गरेको छ ।
राष्ट्रिय जनता पार्टीले डाक्नेश्वरी नगरपालिकामा विजय हासिल गरेको छ भने एक ठाउँमा अग्रता लिएको छ । नेकपा एमाले सप्तकोशी नगरपालिकामा विजयी भएको छ भने दुई ठाउँमा अग्रता लिएको छ । संघीय समाजवादी फोरमले चार तहमा अग्रता लिएको छ ।
नेपाली कांग्रेसले अग्रता लिएका स्थानीय तहहरू१. कृष्णसावरन नगरपालिका
२. कञ्चनरुप नगरपालिका
३.खडक नगरपालिका
४.तिलाठी कोइलाडी गाँउपालिका
५.बेल्ही चपेना गाँउपालिका
संघीय समाजवादीले अग्रता लिएका स्थानीय तहहरू१.तिरहुत गाँउपालिका
२.बोदे बरसाइन नगरपालिका
३.महादेवा गाँउपालिका
४.वालन–विहुल गाँउपालिका
५.हनुमाननगर कङ्कालिनी नगरपालिका
एमालेलेले अग्रता लिएका स्थानीय तहहरू१.शम्भुनाथ नगरपालिका
२.सुरुङ्गा नगरपालिका
राजपाले अग्रता लिएको स्थानीय तह१.रुपनी गाँउपालिका
नयाँ शक्तिले अग्रता लिएको स्थानीय तह१.छिन्नमस्ता गाँउपालिका