पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिकाको निर्वाचन आयोगले नयाँ मतगणनाको अपडेट सार्वजनिक गरेको छ । सार्वजनिक गरेको नयाँ मतपरिणाम अनुसार नेपाली कांग्रेस र संघीय समाजवादी फोरम नेपाल बीच कडा प्रतिस्पर्धा देखिएको छ ।
प्रमुखमा २०५१ मत प्राप्त गर्दै नेपाली कांग्रेसको तर्फाबाट प्रमुख पदका उम्मेदवार चन्द्र किशोर प्रसाद बरई पहिलो स्थानमा छन् भने २०४५ मतको झिनो मतान्तरले संघीय समाजवादी फोरम नेपालको तर्फबाट प्रमुख पदका उम्मेदवार श्रीलाल साह कानु दोस्रो स्थानमा छन् । त्यसैगरी उपप्रमुखमा फोरम नेपालकी उर्मिला देवी २०१५ मतका साथ पहिलो स्थानमा छिन् भने नेपाली कांग्रेसकी किरण देवी १९४५ मतको साथ दोस्रो स्थानमा रहेकी छिन ।
फोरम नेपाललाई पछ्याउँदै नेकपा एमालेले प्रमुख पदमा १३९६ मत प्राप्त गरेको छ भने उपप्रमुखमा १२३० मत प्राप्त गरेको छ । त्यसैगरी राष्ट्रिय जनता पार्टीका प्रमुखका उम्मेदवारले १२४२ मत प्राप्त गरेका छन् भने उपप्रमुखका उम्मेदवारले ११४० मत प्राप्त गरेका छन् । प्रतिस्पर्धाबाट धेरै टाढा रहेको माओवादी केन्द्रले प्रमुख पदमा १२२ र उपप्रमुख पदमा १६८ मत प्राप्त गरेको छ ।
त्यहीक्रममा गाउँपालिकाको वडा नम्बर १,२, र ३ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । अन्तिम मतपरिणाम अनुसार नेकपा एमाले २ स्थान र राष्ट्रिय जनता पार्टी एक स्थानमा विजयी भएको छ । वडा नम्बर १ मा नेकपा एमालेका सागिर मियाँले ३३३ मत प्राप्त गर्दै विजयी हासिल गरेका छन् भने वडा नम्बर २ मा संजय साह चौहान ५३७ मत प्राप्त गर्दै विजय भएका छन् । वडा नम्बर ३ मा राष्ट्रिय जनता पार्टीको तर्फाबाट सल्मा खातुन विजयी भएकी छिन । खातुनले ७८२ मत प्राप्त गर्दै आफ्नो निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जय प्रकाश चौरसियालाई पराजित गरकी छिन् । चौरसियाले ७१५ मत प्राप्त गरेका थिए ।