प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा मन्त्री परिषदको बैठक सम्पन्न भएको छ । सोमबार बिहान १०:०० बजेदेखि १२:३५ बजेसम्म बसेको बैठकले निम्न निर्णयहरू गरेको छ।
बैठकले गरेका निर्णयहरू यस्ता छन्:
१.नेपाल आयल निगमका प्रमुख गोपाल खड्कालाई पदच्यूत गर्ने निर्णय गरेको ।
२. प्रदेश सभा सदस्य निर्वाचन प्रयोगको लागि पिछडिएका क्षेत्र तोकी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्ने निर्णय भएको ।
३. प्रदेश सभा सदस्यहरूको निर्वाचनको प्रयोजनको लागि अल्पसंख्यक समुदाय तोकी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्ने निर्णय गरेको ।
४. आठौं गैर आवासिय नेपाली विश्वसम्मेलन उच्च स्तरीय आयोजक समिति गठन गर्ने ।असोज २८ गतेदेखि ३० गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको ।
५. संयुक्त राष्ट्र संघ सुधार सम्बन्धी राजनैतिक घोषणा पत्रमा हस्ताक्षर गर्न दुर्गा भण्डारीलाई अधिकार प्रयोजन गर्ने निर्णय गरेको ।
६.आणविक अस्त्र निषेध सम्बन्धी सन्धिमा हस्ताक्षर गर्न उपप्रधान तथा परराष्ट्र मन्त्रीलाई अधिकार प्रत्योजन गरेको ।
७. अस्पतालहरूमा उपचार गराउने क्रममा चिकित्सकको लापरबाहीले मृत्यु हुने ,घाइते भएकाहरूलाई सम्बन्धित चिकित्सकहरूबाटै क्षतिपूर्ति भराउने उद्धेश्यले आवश्यक विधेयक निर्माण गरी सदनमा पेश गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको ।
८. संचार मन्त्रालयमा संचार विज्ञको रूपमा छ्क्क बहादुर खड्कालाई नियुक्ति गर्ने निर्णय गरेको ।
९. राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७४ व्यवस्थापिका संसदमा प्रस्तुत गर्न स्वीकृत दिने निर्णय गरेको छ ।
https://www.facebook.com/setopati/videos/1587532837983950/