असोज २ दुई नम्बर प्रदेशमा भइरहेको तेस्रो चरणको स्थानीय निर्वाचनमा एक ११६ वर्षिय मतदाताले मतदान गरेकी छन्।
महोत्तरीको औरही नगरपालिकास्थित नेपाल राष्ट्रिय नि.मा.वि. कठुधार मतदानस्थलमा ११६ वर्षीया सर्वसियादेवी यादवले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ।
रौतहट जिल्लाको गढीमाई नगरपालिकास्थित प्रा.वि. भवन, लक्ष्मीपुर गम्हरिया मतदान केन्द्र र बारा जिल्लाको पचरौटा नगरपालिका वडा नं. २, बिसम्बरास्थित ने.रा.प्रा.वि., विसम्बरा मतदान केन्द्रमा अर्को व्यक्तिको नाममा मतदान गर्न प्रयास गर्ने एक–एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।