राष्ट्रिय जनता पार्टी नेपालका राजविराज नगरपालिका–१५ का लागि वडा अध्यक्षका उम्मेदवार महन्थी यादवको शनिबार साँझ निधन भएको छ ।
साविकको देउरी भरुवा गाविस, हाल राजविराज–१५ बस्ने ६५ वर्षीय यादव रक्त क्यान्सरबाट पीडित थिए। उनको घरमै निधन भएको राजपा नेपालका महासचिव मनिष कुमार सुमनले जानकारी दिए।
यही असोज २ गते सोमबार प्रदेश नं २ अन्तर्गत सप्तरीमा हुने स्थानिय तह निर्वाचनका लागि उनले राजविराज नगरपालिका–१५ बाट राजपा नेपालका तर्फबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए ।
२०५४ सालमा साविकको देउरीभरुवा गाविसमा नेकपा (एमाले)को तर्फबाट उनी वडा अध्यक्ष निर्वाचित भएका थिए। रासस