लुम्बिनी प्रदेशमा नवनियुक्त युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेयले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
प्रदेश प्रमुख कृष्णबहादुर घर्ती समक्ष नवनियुक्त मन्त्री पाण्डेयले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।
मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चाैधरी, प्रदेशका मन्त्री तथा उच्च पदस्थ पदाधिकारीहरूको उपस्थितिमा मन्त्री पाण्डेयले प्रदेश प्रमुखको कार्यालय बुटवलमा सोमबार शपथ ग्रहण गरेका थिए।
लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले आइतबार मन्त्रिपरिषद् बिस्तार गर्दै पाण्डेयलाई युवा तथा खेलकुद मन्त्री नियुक्त गरेका थिए।
सत्ता गठबन्धनको सहमति अनुसार यसअघि नै साना दलहरूका लागि भन्दै उक्त मन्त्रालय मुख्यमन्त्री आचार्य आफैले राखेका थिए।
सोही खाली रहेको युवा तथा खेलकुद मन्त्रीमा लोसपाका संसदीय दलका नेता पाण्डेयलाई नियुक्त गरेका हुन्।