राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न सभामुख देवराज घिमिरे शीतल निवास पुगेका छन्।
राष्ट्रपति पौडेल र सभामुख घिमिरेबीच शुक्रबार भेटवार्ता भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
भेटमा राभामुख घिमिरेले संसदका सभामुखहरूको जेनेभामा जुलाई २९ देखि ३१ सम्म हुने विश्व सम्मेलनमा नेपालको सहभागीता बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराएका छन्।
सभामुख घिमिरे सभामुखहरूको विश्व सम्मेलनमा सहभागी हुनका लागि २७ जुलाईमा जेनेभा जाने कार्यक्रम रहेकोसमेत बताएका थिए।
यसैबीच राष्ट्रपति पौडेलले संवैधानिक परिषदसम्बन्धी विधेयक फिर्ता गरेका थिए। राष्ट्रपति पौडेलले सुझावसहित विधेयक बिहीबार प्रतिनिधि सभामा फिर्ता गरेका थिए।
यो पनि:
राष्ट्रपतिले फिर्ता पठाए संवैधानिक परिषद सम्बन्धी विधेयक
संवैधानिक परिषद सम्बन्धी विधेयक फिर्ता गर्दा राष्ट्रपतिले लिएका ५ आधार