नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठ घुस डिल प्रकरणमा भ्वाइ टेष्टका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोग पुगेकी छन्।
अहिले उनी लागि टंगालस्थित अख्तियारको कार्यालयमा पुगेको स्रोतले बतायो।
उनीमाथि अख्तियारका अधिकारीले सोधपुछ समेत गर्ने तयारी छ।
यसअघि पूर्वमन्त्री राजकुमार गुप्ताको पनि भ्वाइस टेष्टका लागि बोलाएको थियो। उनको मंगलबार भ्वाइस टेष्ट गरिएको हो। यस घुस प्रकरणमा संलग्न भनिएका सुजन लामासँग अख्तियारले बयान लिइसकेको छ।
बयानमा संलग्नताका केही प्रमाणहरू भेटिएपछि उनीपनि अनुसन्धानमा तानिएको अख्तियार स्रोतले जानकारी दियो।