भूमिसम्बन्धी विधेयक फेरि प्रतिनिधि सभाको सम्भावित कार्यसूचीमा परेको छ।
प्रतिनिधि सभाको साउन ९ गतेको बैठकको सम्भावित कार्यसूचीमा भूमिसम्बन्धी विधेयक राखिएको हो।
भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् वा दफावार छलफल सदनमा गरियोस् र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
यसअघि असार २५ गते पनि सम्भावित कार्यसूचीमा भूमि विधेयक परेपछि कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आपत्ति जनाउँदै कार्यसूचीबाट हटाउन माग गरेका थिए।
एमालेबाट दलका सांसदहरूले भूमि विधेयक दफावार छलफलका लागि समितिमा पठाउनुपर्ने बताइरहेका छन्। एमाले भने फुल हाउसबाटै विधेयक पारित गर्ने पक्षमा देखिन्छ।