मदन भण्डारीको ७५ औं जन्मजयन्तीको मूल समारोह समितिको संयोजकमा डोरमणि पौडेल तोकिएका छन्।
मंगलबार काठमाडौंमा मदन भण्डारीको ७५ औं जन्मजयन्ती मनाउने सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा पौडेलको संयोजकत्वमा समिति बनेको जानकारी दिइएको हो।
उक्त समितिमा ७५ सदस्य छन्। पौडेल बागमती प्रदेशका पूर्वमुख्यमन्त्री समेत हुन्।
यस्तै, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी फाउन्डेसनकी संरक्षक भएकी छन्।
हाल उनी सक्रिय राजनीतिमा फर्केकी छन्। उनले नेकपा एमाले पार्टीको सदस्यता समेत नवीकरण गरेकी छन्।