राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अनुशासन समिति अध्यक्ष पदमा रोशन कार्की मनोनीत भएकी छन्।
अध्यक्ष राजेन्द्र लिङ्देनले बुधबार पार्टी उपाध्यक्षसमेत रहेकी प्रतिनिधि सभा सांसद कार्कीलाई अनुशासन समिति प्रमुख मनोनीत गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
कार्की नेतृत्वको समितिले पार्टीका नेता तथा कार्यकर्ताहरूको अनुशासनसम्बन्धी उजुरीहरू हेर्ने काम गर्छ।
यसअघि अनुशासन समिति अध्यक्ष नवराज सुवेदी थिए। सुवेदीले 'संयुक्त जनआन्दोलन समिति' गठन गर्दै त्यसको संयोजक बने भने सोही बेलादेखि उनले राप्रपाको साधारण सदस्यसमेत त्याग गरेको उल्लेख गरेका थिए।