गए राति रसुवाको भोटेकोशी नदीमा आएको बाढीले जनधनको क्षति गरेपछि स्थलगत अवलोकन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरू जाने भएका छन्।
प्रधानमन्त्री ओली, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक मंगलबार दिउँसो रसुवा जान लागेको गृह मन्त्रालयले स्रोतले जानकारी दिएको छ।
प्रधानमन्त्री ओली बालुवाटारबाटै हेलिकप्टरमा रसुवातर्फ जानेछन् भने अर्थमन्त्री र गृहमन्त्री अर्को हेलिकप्टरबाट रसुवा जानेछन्।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरू पनि रसुवा जाने कार्यक्रम छ।
नेपाल-चीन नाकामा रहेको मितेरी पुल बाढीले बगाएको छ भने नेपालीसहित १८ जना नागरिकहरू सम्पर्कविहीन छन्।