नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयको उपकुलपति मेरिटोक्रेसीको आधारमा नियुक्त हुनुपर्ने मागसहित हस्ताक्षर अभियान सञ्चालन गरेको छ।
त्रिवि उपकुलपति नियुक्ति गर्दा मेरिटोक्रेसीको आधारमा नियुक्त गरिनुपर्ने अध्यक्ष दुजाङ शेर्पाले बताए।
त्रिवि उपकुलपतिका लागि प्रा.डा. खड्ग केसी, प्रा.डा. विनिल अर्याल र प्रा.डा. दीपक अर्यालको नाम सिफारिस भएको स्रोतको भनाइ छ।
त्रिवि उपकुलपतिका लागि १२ जना दौडमा थिए।
साथै शिक्षक नियुक्ति खुला प्रतिस्पर्धाबाट हुनुपर्ने नेविसंघको माग छ। यिनै दुई मागसहित नेविसंघले देशभरका क्याम्पसमा विद्यार्थीहरूबाट हस्ताक्षर लिइरहेको छ।
नेविसंघले विद्यालय शिक्षा विधेयक पनि छिटो पारित गरिनुपर्नेमा जोड दिँदै शिक्षकहरू नियुक्ति खुला प्रतिस्पर्धाबाट हुनुपर्ने माग गर्दै आएको छ।
तस्बिरहरू:





