नेकपा (माओवादी केन्द्र) ले नेकपा (एमाले) सँग पार्टी एकता गर्ने नीति र सोच नभएको बताएको छ।
प्रवक्ता अग्निप्रसाद सापकोटाले सोमबार विज्ञप्ति जारी गर्दै 'हाम्रो पार्टीको एमालेसँग एकता गर्ने नीति र सोच नरहेको स्पष्ट पार्दछौं' भनेका छन्।
माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले हालै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर वाम एकताको प्रस्ताव गरेको दाबीसहित समाचार आएपछि माओवादीले त्यसमा खण्डन गरेको छ।
‘समाचारमा भनिए जस्तो वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एमालेसँगको एकताका लागि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेको कुरा पार्टीमा कुनै जानकारी छैन,’ विज्ञप्तिमा भनिएको छ।
एमालेबाहेक समाजवादी मोर्चामा रहेका घटकहरूसँग एकताका बारेमा छलफल भइरहेको पनि प्रवक्ता सापकोटाको भनाइ छ।
‘एमालेसँग एकताको चर्चासमेत चलेको छैन,’ उनले भने।
यस्तो छ विज्ञप्ति:
