सोमबार चारवटा संसदीय समितिको बैठक बस्दैछ।
प्रतिनिधि सभातर्फ दुइटा, एउटा राष्ट्रिय सभा अन्तर्गतको र संसदीय सुनुवाइ समितिको बैठक सोमबार बस्ने तय भएको हो।
बिहान साढे ८ बजेदेखि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्नेछ।
बैठकमा विद्यालय शिक्षा विधेयकबारे छलफल हुनेछ। समितिले उक्त विधेयक यथाशीघ्र टुंग्याएर संसदमा पेस गर्ने तयारी गरेको छ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक ११ बजेदेखि बस्नेछ।
बैठकमा नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने सदस्यहरूसँग छलफल गर्ने कार्यसूची छ।
त्यस्तै ११ बजे नै विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ।
बैठकमा भन्सार विधेयक २०८० माथि दफावार छलफल हुने कार्यसूची छ।
संसदीय सुनुवाइ समितिको बैठक बिहान ८ बजेदेखि सुरू हुने तय भएको छ।
समितिमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश र न्याय परिषदका सदस्यको सुनुवाइ हुने कार्यसूची छ।
प्रस्तावित न्यायाधीहरुको आइतबारदेखि समितिमा संसदीय सुनुवाइ भइरहेको छ।