गत शुक्रबार सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम ल्याएको थियो।
सोमबारदेखि संसदमा नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ।
नीति तथा कार्यक्रमबारेको छलफलमा सांसदहरूको उपस्थिती भने नगण्य देखिएको छ।
सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरू बस्ने दुवैतर्फका अघिल्लो रो नै खाली देखिएको छ। अघिल्लो पंक्तिमा शीर्ष नेताहरू बस्छन्।
प्रि-बजेट छलफलमा सांसदहरूको कम उपस्थिति परम्परा नै बनेको देखिन्छ। आफू बोल्ने दिन संसदमा उपस्थिती हुने बाँकी समयमा संसद नजाने प्रवृत्ति सांसदहरूमा देखिएको छ।
तस्बिरमा हेर्नुस् आजको प्रतिनिधि सभा बैठकः










तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी।