नेकपा (एमाले) को सचिवालय बैठक आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको छ।
बैठकमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी छन्।
बैठकमा सरकारले जेठ १५ गते संघीय संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रम, समसामयिक राजनीतिक परिस्थिति र पार्टीका गतिविधिबारे छलफल हुने एमालेले जनाएको छ।