ललितपुरको पाटन संयुक्त क्याम्पसमा स्ववियु निर्वाचनको मतदान जारी छ।
गत चैत ५ गते मतदानकै बीच विद्यार्थी संगठनबीच झडप भएपछि रोकिएको स्ववियु चुनाव शनिबार भएको हो।
बिहानदेखि सुरू भएको मतदानको समय अपराह्न ४ बजेसम्मका लागि तोकिएको छ।
यहाँ विद्युतीय प्रणालीबाट मतदान भएका कारण नतिजा पनि शनिबार नै आउने सम्भावना छ।
पाटनमा ७ हजार ४०० मतदाता छन्। मतदाताको तुलनामा मत भने अत्यन्त कम खसेको छ। दिउँसो ३ बजेसम्म १ हजार ३८० मत खसेको नेविसंघ पाटनका नेता सुवास पोखरेलले जानकारी दिए।
स्ववियु अध्यक्षका लागि नेविसंघबाट रोहित कपाली, अखिल क्रान्तिकारीबाट दीपक मगर र अनेरास्ववियुबाट तिलक कुमाल उम्मेदवार छन्।
तस्बिरहरूः
-ink-1746265469.jpeg)
-ink-1746265469.jpeg)
-ink-1746265469.jpeg)
-ink-1746265469.jpeg)
-ink-1746265470.jpeg)
-ink-1746265470.jpeg)
-ink-1746265471.jpeg)
-ink-1746265471.jpeg)
-ink-1746265471.jpeg)
-ink-1746265471.jpeg)
-ink-1746265472.jpeg)
-ink-1746265472.jpeg)
-ink-1746265473.jpeg)
-ink-1746265473.jpeg)
तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी।