प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का विदेश प्रमुख विजय चौथाइवालेले बिहीबार भेटवार्ता गरेका छन्।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र हितका विविध विषयमा छलफल भएको थियो।
यसअघि चौथाइवालेले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु देउवा, कांग्रेस महामन्त्री गगन थापा, माओवादी उपमहासचिव जनार्दन शर्मा लगायतसँग कुराकानी गरेका थिए।