बुधबार दुईवटा संसदीय समितिको बैठक बस्दैछ।
बिहान ८ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बसिरहेको छ। बैठकमा सिडको आधारभुत सिफारिस नं. ३९ सम्बन्धमा छलफल हुने कार्यसूची छ।
त्यस्तै दिउँसो ३ बजे बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा नेपालको संविधानको धारा ५३ बमोजिम नेपाल सरकारले संघीय संसदमा पेश गरेको आर्थिक वर्ष २०८०/०८१ को सरकारको वार्षिक प्रतिवेदन सम्बन्धमा छलफल र समसामयिक विषयमा छलफल हुने कार्यसूची छ।