भारतीय विदेशमन्त्री एस जयशंकर र नेपाली राजदूत शंकरप्रसाद शर्माबीच भेटवार्ता भएको छ।
शुक्रबार मन्त्री जयशंकरले राजदूत शर्मालाई भेटेर जम्मू-कास्मिरको पहलगाममा भएको आतंकवादी हमलाको क्रममा नेपाली नागरिक सुदीप न्यौपानेको हत्या भएको घटनामा समवेदना प्रकट गरेका हुन्।
‘नेपालका राजदूत डा. शंकरप्रसाद शर्मालाई भेटेर पहालगाम आतंकवादी हमलामा नेपाली नागरिकको हत्या भएको घटनामा समवेदना प्रकट गरेँ,’ उनले भने।
यस्तै दुईदेश बीचको सम्बन्ध विकासबारे पनि छलफल भएको उनले बताए।
गत मंगलबार पहालगाममा आतंकवादी समूहले हमला गर्दा एक जना नेपालीसहित २६ जनाको हत्या भएको थियो।
त्यस घटनापछि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन संवाद समेत भएको थियो।