राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवायल बैठक बस्दैछ।
सोमबार बिहान ११:३० बजे पार्टी केन्द्रीय कार्यालय च:मतिमा बैठक बस्नेछ।
बैठकमा समसामयीक राजनीति र पार्टी गतिविधिबारे छलफल हुने बताइएको छ।
त्यस्तै विभिन्न नियमावलीहरूमाथि पनि छलफलको कार्यसूची छ।
विभाग सञ्चालन नियमावली २०८१, संशोधन प्रस्ताव, नयाँ नियमावलीहरू प्रस्ताव (संगठन विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, प्रवास नेपाली सम्पर्क विभागको नियमावली २०८१, र्याट विभाग नियमावली २०८१ माथि पनि आजको बैठकमा छलफल हुनेछ।
त्यस्तै सातै प्रदेशमा पदाधिकारीको नेतृत्वमा विशेष भेटघाट कार्यक्रम आयोजना गर्ने विषयमा पनि छलफल गर्ने कार्यसूची छ।
संसदको हिउँदे अधिवेशन माघ १८ गते सुरू हुँदैछ। आगामी संसद अधिवेशनमा कसरी प्रस्तुत हुने भनेर पनि सचिवालय बैठकले एजेन्डा बनाएको छ।
पार्टीको सल्लाहकार परिषद् र केन्द्रीय संगठन विभागमा मनोनयनको कार्यसूची पनि छ। यस्तै विविध कार्यसूचीमाथि पनि छलफल हुने रास्वपाले बताएको छ।