राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्धको मुद्दामा जाहेरवाला पक्षका वकिलहरूले बहस सकाएका छन्।
जिल्ला अदालत रूपन्देहीका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा जाहेरवाला पक्षका वकिलहरूले बहस सकाएका हुन्। वरिष्ठ अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले बहस गरेका हुन्।
अहिले खाजा ब्रेक गरिएको छ। उक्त ब्रेक पछि रवि लामिछाने पक्षका वकिलहरूले बहस गर्ने तयारी छ।
सुरूमा वरिष्ठ अधिवक्ता सुशिल पन्तले गर्ने तयारी गरिरहेका छन्। सुरज बस्नेत, नारायणदत्त कँडेल, सुरेन्द्र थापा, अधिवक्ता पशुपति भण्डारी, राजेन्द्र सेढाइ र सुनीता राउत लगायतले बहस गर्ने तयारी छ।
तर बहस छोट्याउन उनीहरू सबैजनाले बहस गर्ने/नगर्ने भन्ने यकिन भइसकेको छैन।
रवि लामिछाने पक्षका वकिलहरूले बहस सकाएपछि फेरि जवाफी बहस हुनेछ। जसमा सरकारी वकिल र जाहेरवाला पक्षका वकिलहरूले बहस गर्नेछन्। त्यसपछि मात्रै न्यायाधीशले थुनछेक आदेश दिन्छन्।