नेकपा (माओवादी केन्द्र)ले पदाधिकारी बैठक बोलाएको छ।
आइतबार दिउँसो ३ बजे बस्नेगरी पदाधिकारी बैठक बोलाइएको पार्टीका प्रवक्ता समेत रहेका उपाध्यक्ष अग्नी सापकोटाले जानकारी दिए।
पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को नेतृत्वमा उमेर हदको छिनोफानोका लागि भएको चुनावको मतपरिणाम सार्वजनिक गरिएको छैन।
शनिबार बेलुका ७ बजे मत गनेर सकिएपनि परिणाम सार्वजनिक नगरी निर्वाचन समितिका पदाधिकारीहरू पार्टीका अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए।
खुमलटारमा छलफलपछि अध्यक्ष प्रचण्डले बैठक बोलाएका हुन्। बैठक समसामयिक विषयमा छलफल गर्न बोलाइएको उपाध्यक्ष सापकोटाले जानकारी दिए।
यो पनिः
अखिल (क्रान्तिकारी) को उमेरहदः परिणाम आफ्नो पक्षमा नआएपछि बखेडा