राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्दैछ।
पार्टी केन्द्रीय कार्यालय चःमतिमा शुक्रबार दिउँसो ३ बजेका लागि बैठक तय भएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
बैठकमा समसामयिक राजनीतिक परिस्थिती, पार्टीको केन्द्रीय विभागमा मनोनय, आगामी केन्द्रीय समिति बैठक तयारी र विविध विषयमा छलफल हुने कार्यवाहक प्रवक्ता झाले जानकारी दिए।
रास्वपाका सभापति रवि लामिछानेविरूद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि दोस्रोपटक सचिवालय बैठक बस्न लागेको हो।
अघिल्लो बैठकले उपसभापति डिपी अर्याललाई कार्यवाहक सभापति तोकेको थियो।