राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तह परिचालन तथा पर्यटन विभागलाई पूर्णता दिएका छन्।
विभागका सदस्य सचिव र सदस्यहरू मनोनीत गर्दै अध्यक्ष लिङ्देनले दुई विभागलाई पूर्णता दिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
वरिष्ठ उपाध्यक्ष ध्रुवबहादुर प्रधान प्रमुख रहेको स्थानीय तह परिचालन विभागमा केन्द्रीय सदस्य भरत पाठक सदस्य सचिव मनोनीत भएका हुन्।
विभागको सदस्यहरूमा सहायक महामन्त्री ताहिर अली, केन्द्रीय सदस्य रामहरि थापा, केन्द्रीय सदस्य तीर्थराज चटौत, केन्द्रीय सदस्य देवकुमारी पराजुली र केन्द्रीय सदस्य विनोद भारती रहेका छन्।
सहायक महामन्त्री विजय खड्का प्रमुख रहेको पर्यटन विभाग सदस्य सचिवमा पर्यटन व्यवसायी गणेश रिमाल मनोनीत भए भने सांसद आशा लामा, अर्जुन खनाल, आराधना पुडासैनी, रामप्रसाद सापकोटा, रिना खड्का, सुशील पन्त, तीर्थराज सुवेदी, निर्मला ईजम, मेरिना श्रेष्ठ, कमल रिमाल, किशोर खड्का, दावा किपा शेर्पा, मेघनाथ आचार्य र दावा छिरी शेर्पा सदस्य मनोनीत भएका हुन्।