काठमाडौंको बानेश्वरस्थित संसद भवन अगाडि प्रदर्शन गर्ने ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बिहीबार दिउँसो संसद भवन गेट अगाडिबाट ७ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।
उनीहरू धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताहरू रहेको खुलेको छ।
उनीहरूलाई प्रहरी वृत्त बानेश्वरमा राखिएको छ।