प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले लामो समय भोगेको निरंकुशता आजको पुस्ताले बिर्सन नहुने बताएका छन्।
संविधान दिवसको अवसरमा बिहीबार शुभकामना सन्देशमार्फत प्रधानमन्त्री ओलीले स्वतन्त्रता गुमेको दिन कस्तो हुन्छ भन्ने सम्झँदा दुई दशक अगाडिको चित्र आउने बताउँदै वर्तमान पुस्ताले त्यस्तो निरंकुशता बिर्सन नहुने बताएका हुन्।
अहिले संविधानले सबैलाई अधिकार सम्पन्न बनाएको प्रधानमन्त्री ओलीले बताएका छन्।
‘सबैखाले विचार, समुदाय, भूगोल, लिङ्ग, जाति र धर्मका भावनाहरुलाई यसले संरक्षण गरेको छ। यसको संरक्षण गरेर मात्र हामीले उपभोग गरेका अधिकारको रक्षा हुन सक्छ,’ शुभकामना सन्देशमार्फत उनले भनेका छन्।
संविधानले दिएकै स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने पनि प्रधानमन्त्री ओलीले बताएका छन्।