सरकारको न्यूनतम साझा कार्यक्रम सम्बन्धी कार्यदलको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रतिवेदन हस्तान्तरण गरिएको छ।
एमाले र कांग्रेसबीच गत असार १७ गते भएको सात बुँदे सहमतिअनुसार नीतिगत प्रतिबद्धता तयार गरेर प्रतिवेदन बुझाइएको कार्यदल सदस्य कांग्रेस महामन्त्री गगन थापाले बताए।
प्रतिवेदन मन्त्रिपरिषदले पारित गरेपछि सार्वजनिक हुनेछ।
गत भदौ २३ गते सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्न बसेको बैठकले चार सदस्यीय कार्यदल गठन गरेको थियो।
कार्यदलमा एमालेबाट उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल र कांग्रेस महामन्त्री गगन थापा र प्रवक्ता प्रकाशशरण महत छन्।