सिके राउत नेतृत्वको जनमत पार्टीले संविधान दिवसको पूर्वसन्ध्यामा पाँचवटा माग अघि सारेको छ।
संविधान संशोधन गर्नुपर्ने भन्दै त्यहीसँग जोडिएका पाँचवटा माग पार्टीले अघि सारेको हो।
जनमतले अघि सारेको मागमा पूर्ण अधिकार सम्पन्न र स्वायत्त प्रदेश स्थापना गर्नुपर्ने छ।
त्यस्तै संविधान संशोधन गरेर प्रदेशको सीमाङ्कन सच्याउनुपर्ने भाषिक तथा जनसंख्याको अधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था गर्नुपर्ने पनि जनमतको माग रहेको छ।
त्यस्तै सामाजिक लोकतन्त्र कायम गर्नुपर्ने पनि जनमतको माग रहेको छ।