बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी र बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसबीच भेटवार्ता भएको छ।
मंगलबार दिउँसो ढाकास्थित युनुसको कार्यालयमा उनीहरूबीच भेट भएको हो।
भेटका क्रममा भण्डारीले युनुसलाई कार्यकालको बधाई दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएको पत्र समेत हस्तान्तरण गरे।
साथै बंगलदेशको हालको परिस्थितिमा नेपाल सरकार र नेपाली जनताको साथ सहयोग हुने उनले प्रतिवद्धता व्यक्त गरे।
युनुसले पनि नेपाल सरकार र नेपाली जनताले देखाएको सदाचारताप्रति कृतज्ञता व्यक्त गरे।
भेटका क्रममा नेपाल र बंगलादेशबीच आर्थिक सम्बन्ध अझै कसरी मजबुत बनाउने भन्नेबारे छलफल भएको थियो। यसका साथै ऊर्जा क्षेत्रमा विस्तार, आर्थिक, पारगमन सम्बन्धमा पनि विचार विमर्श भएको थियो।