नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभा सचेतक निमा गिरीले पदबाट राजीनामा दिएकी छन्।
गिरी २०७९ साल फागुन २९ गते सचेतकमा नियुक्त भएकी थिइन्। १८ महिना सचेतकको भूमिका निर्वाह गरेकी गिरीले विविध कारणले आगामी दिनमा सचेतकको भूमिका निर्वाह गर्न असमर्थ रहने भन्दै पदबाट राजीनामा बुझाएको उल्लेख गरेकी छन्।
उनले आफूलाई सचेतकको रूपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छन्।