प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिका भ्रमणको क्रममा कोलम्बिया र हार्वड विश्वविद्यालयमा पनि सम्बोधन गर्ने भएका छन्।
प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन असोज ४ गते अमेरिकाको न्युयोर्क जाँदैछन्।
त्यसबारे जानकारी दिन सोमबार संसदमा उपस्थित भएका प्रधानमन्त्रीले भ्रमणको क्रममा कोलम्बिया र हार्बर्ड विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यक्रम रहेको बताएका हुन्।
‘प्राज्ञिक क्षेत्रबाट विश्वको ध्यान नेपाल, नेपालका दृष्टीकोण, नेपालको अवस्था र नेपालले चाहेको कुरा बताउनेछु,’ उनले भने।