प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने र उठान गर्ने विषयबारे प्रतिनिधि सभालाई जानकारी गराएका छन्।
सोमबारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालले उठान गर्ने विषयमा जानकारी गराएका हुन्।
यही असोज ४ गते प्रधानमन्त्री ओलीसहित नेपाली टोली अमेरिका जाने कार्यक्रम छ। महासभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन्।
नेपालको शिर उचो गर्ने गरी आफूले विभिन्न विषयहरू उठान गर्ने प्रधानमन्त्री ओलीले बताए।