नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिरिबन्धु टी-इस्टेट र नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानपछि रातारात आफ्नो सरकार ढालेको बताएका छन्।
आइतबार झापामा आयोजित एक कार्यक्रममा बोल्दै अनुसन्धानले बुढानिलकण्ठ र बालकोटतिर संकेत गरेपछि रातारात सरकार ढालेको बताएका हुन्।
‘नक्कली भुटानी शरणार्थीसँग सम्बन्धित अभियुक्तहरू जो खराब थिए। ती खराब अभियुक्तहरू गिरफ्तार गरिएपछि र गिरीबन्धु टी-इस्टेटको बारेमा अदालत समेतको फैसलाका आधारमा अगाडि बढ्ने जमर्को गर्दागर्दै खतराको घण्टी, मैले भनेको छु सुइ चाहि अब बुढानिलकण्ठ र बालकोटतिर सिधै सोजियो,’ उनले भने।
यसरी दुई ठूला दल मिलेर सरकार बनाउने घटना संसारमै सामान्य नभएको पनि उनले बताए।
‘दुई जनालाई मात्रै गिरफ्तार गर्दा अन्तिममा सिधै त्यसको तार बुढानिलकण्ठ र बालकोटतिर र रातारात षडयन्त्र मुलक ढंगले, संसारमा सामान्य रूपमा हुँदै नहुने प्रतिनिधि सभाको पहिलो र दोस्रो पार्टी मिलेर सरकार बनाउने सामान्यत हुँदैन,’ उनले भने।
भिडिओ: