नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले पार्टीगत स्वार्थभन्दा माथि उठ्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन्।
आइतबार एक विज्ञप्ति जारी गर्दै कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका भण्डारीले प्रधानमन्त्रीलाई राष्ट्रिय हितका विषयमा पार्टीगत स्वार्थभन्दा माथि उठ्न आग्रह गरेका हुन्।
काठमाडौं महानगरका मेयर बालेन शाहलाई प्रधानमन्त्री ओलीले 'हुर्मत लिने र सिंगो पार्टीलाई निर्देशन दिने विषय सुहाउँदो नभएको' उनको भनाइ छ।
केही विषय भए प्रधानमन्त्रीले मेयरलाई बोलाएर सोध्न सक्ने पनि उनी बताउँछन्।
गत असार १७ गतेको ७ बुँदे सहमतिअनुसार कांग्रेस समर्थनमा ओली प्रधानमन्त्री छन्।
यस्तो छ विज्ञप्ति: