नेकपा (एमाले) को सचिवालय बैठक शुक्रबार बस्दैछ।
दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टी सचिवालयको बैठक बस्न लागेको हो।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार आज बस्ने बैठकमा पोलिटब्युरो बैठकबाट आएका सुझाव समेटेर वार्षिक कार्ययोजनालाई अन्तिम रूप दिने तयारी छ।
एमालेको भदौ १८ र १९ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा तेस्रो पोलिटब्युरो बैठक बसेको थियो। बैठकमा महासचिव शंकर पोखरेलले निर्णायक राष्ट्रिय शक्तिका लागि वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए।
कार्ययोजनामा संगठित सदस्यता र संगठन विस्तारलाई अभियानकै रूपमा अगाडि बढाउने, आगामी एक वर्षभित्रै १० लाख सदस्यता पुर्याउने लगायतका योजना समेटिएका थिए।
त्यसमा ५१ जना सदस्यहरूले आफ्ना धारणा राखेका थिए।
ती सुझाव समेटेर कार्ययोजनलाई पूर्णता दिने जिम्मा बैठकले सचिवालयलाई दिएको थियो।