नेपाली कांग्रेसका केन्द्रीय सदस्य जितजंग बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई किन पक्राउ नगरिएको भन्ने प्रश्न गरेका छन्।
शुक्रबार सानेपामा भएको केन्द्रीय समिति बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्यसमेत रहेका बस्नेतले कांग्रेसकै गृहमन्त्री भए पनि लामिछानेलाई पक्राउ गर्न किन ढिला गरिएको हो भन्ने प्रश्न गरेका हुन्।
‘दोहोरो राहदानी र नागरिकताका कुरा आएका छन्, रवि लामिछानेलाई किन पक्राउ गरेर थुन्न नसकेको हो?,’ गृहमन्त्री रमेश लेखकलाई लक्षित गर्दै उनले प्रश्न गरे, ‘सहकारीका बचत हिनामिनाका कुरा पनि आएका छन्।’
लामिछानेलाई कारबाहीको दायरामा नल्याउने हो भने नेपाली नागरिकहरूले दोहोरो राहदानी र नागरिकता बनाउने र यस्तो प्रवृत्ति रोक्न गाह्रो पर्ने उनको भनाइ छ।