राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन्।
प्रमुख सचेतक परियार बालुवाटार पुगेर मंगलबार प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन्।
प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार प्रमुख सचेतक परियार र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको हो।
उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमका बारेमा कुराकानी भएको थियो।
रास्वपाले प्रधानमन्त्री ओलीले भेटवार्ताका लागि समय पनि नदिएको बताउँदै आएको थियो। कार्यवाहक प्रवक्ता मनिष झाले गत मंसिर २ गते प्रधानमन्त्री ओलीले आफूहरूलाई भेट्न समय नदिएको बताएका थिए।
प्रधानमन्त्रीलाई भेटेर माग पत्र बुझाउन खोजे पनि प्रधानमन्त्री ओलीले ५ मिनेट समय पनि नदिएको उनको भनाइ थियो।
रास्वपाको उक्त गुनासोपछि प्रधानमन्त्रीले प्रमुख सचेतक परियारलाई भेटवार्ताको समय दिएका हुन्।
रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी र संगठित अपराध कसुरमा कास्की प्रहरी हिरासतमा छन्।
प्रमुख सचेतक परियार भने प्रधानमन्त्री ओलीलाई भेटेर इन्डोनेसिया गएको उनीनिकट स्रोतले जानकारी दिएको छ। उनी मंसिर १९ गते स्वदेश फर्किने कार्यक्रम छ।