यमलाल खनाल लुम्बिनी प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा नियुक्त भएका छन्।
मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले खनाललाई संविधानको धारा १६० को उपधारा २ अनुसार बिहीबार मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गरेका हुन्।
मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले मुख्य न्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।
बुटवल उपमहानगरपालिका वडा नम्बर ९ निवासी खनाल लामो समयदेखि कानुन व्यवसायका क्षेत्रमा काम गर्दै आएका छन्।