गण्डकी प्रदेशकी सांसद विमला गौचनलाई नेपाली सेनाले उद्धार गरेको छ।
उनी मुस्ताङ अवलोकनमा गएकी थिइन्।
नेपाली कांग्रेसकी सांसद गौचनलाई मुस्ताङमा रहेको नेपाली सेनाको टोलीले बिहीबार उद्धार गरेको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
गौचन भदौ २ गते दामोदर कुण्ड गाउँपालिका वडा नम्बर ४ स्थित दामोदर कुण्डको अवलोकनका लागि गएकी थिइन्।
भदौ ३ गतेदेखि स्वास्थ्यमा सास्या आएपछि उनी त्यहीँ रोकिएकी थिइन्।
हेलिकप्टरबाट उद्धार गर्न पनि मौसम प्रतिकूल भएपछि सेनाको टोलीले स्थलमार्गबाट उद्धार गरेको हो।