उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारले आमनागरिकका लागि छिट्टै धरहरा खुला गर्ने गरी तयारी गरिररहेको बताएका छन्।
मन्त्रालयमा बुधबार पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री सिंहले सरकारको सय दिनभित्रै धरहरा चढ्न मिल्ने गरी व्यवस्था मिलाउन लागिएको हो।
उपप्रधानमन्त्री सिंहले धरहराको सबै काम नसकिए पनि धरहरा चढ्न चाहनेका लागि आवश्यक बन्दोबस्त भने छिट्टै हुने उनले बताए।
‘धरहरा चढ्न चाहनेहरूका लागि सरकारले एक सय दिनभित्रै केही व्यवस्था गर्न लागिरहेको छ। धरहराको सबै होइन केही भाग खुला गर्नका लागि हामी लागिरहेका छौं,’ उनले भने।
फरक प्रसंगमा उनले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि मन्त्रालयले स्थानीय तहसँग आवश्यक छलफल गरिररहेको बताए।
सरकारले अहिले नीति निर्माणमा बढी जोड दिइरहेको उनको भनाइ छ।