राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले असोज १ र २ गते राष्ट्रिय भेला आयोजना गर्ने भएको छ।
बुधबार पार्टी कार्यालय चःमतिमा बसेको केन्द्रीय समिति बैठकले राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो।
यसअघि दुई दिन बन्द कार्यशालाले राष्ट्रिय भेला गर्न सुझाव दिएको थियो। त्यस्तै २०८२ वैशाखमा महाधिवेशन गर्न सुझाव दिएको थियो।
राष्ट्रिय भेलाको तयारीका लागि सातै प्रदेशमा कार्यकर्तासँग छलफल गर्ने निर्णय भएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
उनका अनुसार, भेलाको आवश्यकता, औचित्य, उद्देश्य र सहभागिताका लागि अगुवा कार्यकर्तासँग अन्तरक्रिया गर्न खोजिएको हो।