नेकपा (माओवादी केन्द्र) को बागमती प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको परामर्श बैठक बुधबारबाट सुरू भएको छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरू भएको बैठक बिहीबारसम्म चल्नेछ।
पार्टी केन्द्रीय समितिको पूर्ण बैठक बस्नुअगाडि तयारी स्वरूप यो बैठक आयोजना गरिएको माओवादी केन्द्रले जानकारी दिएको छ।
गत साउन २५,२६, २७, २८, ३० र ३१ गते बसेको स्थायी कमिटी बैठकले प्रदेशहरूका तयारी बैठक राख्ने निर्णय गरेको थियो।
उपत्यका विशेष तथा सम्पर्क समन्वय प्रदेशमा कार्यरत केन्द्रीय तथा प्रदेश पदाधिकारीहरूको बैठक भदौ ७ र ८ गते बस्ने पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जानकारी दिएको छ।
गण्डकी प्रदेशको तयारी बैठक भदौ ९ र १० गते बस्नेछ।
सुदूपश्चिम प्रदेशको भदौ १२ र १३ गते, कर्णाली प्रदेशको तयारी बैठक भदौ १४ र १५ गते बस्नेछ।
लुम्बिनी प्रदेशको तयारी बैठक १६ र १७ गते, केन्द्रीय आयोगका सदस्यहरूको बैठक भदौ १८ र १९ गते तय गरिएको छ।
मधेस प्रदेशको तयारी बैठक २२ र २३ गते, कोशीको भदौ २४ र २५ गते बस्नेछ।
जनसंगठनमा रहेका केन्द्रीय सदस्यहरूको तयारी बैठक भदौ २७ र २८ गते र प्रवास प्रदेशको तयारी बैठक भदौ ३१ र असोज १ गते बस्नेछ।
ज्येष्ठ कम्युनिष्ट मञ्च र केन्द्रीय सल्लाहकारहरूको बैठक असोज २ र ३ गते बस्ने सचिवालयले जानकारी दियो।
यी बैठक सकिएपछि केन्द्रीय कमिटी बैठक बस्ने माओवादी केन्द्रले जनाएको छ।