प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले बिजुली महसुल नतिर्ने तर मुनाफा कमाउने ६१ वटा उद्योग गरेको बताएका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले ती उद्योगहरूले सरकारलाई २२ अर्ब २६ करोड रुपैयाँ महसुल तिर्नुपर्ने बताए।
तर प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधि सभामा यसबारे झुट बोलेको दाबी सांसद दाहालको छ।
यो आरोपमा सोमबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले जबाफ दिएका छन्।
बिजुली महसुलबारे बिबाद देखिएको र अध्ययन गरेर टुंगो लगाउने प्रधानमन्त्री ओलीको भनाइ छ।
प्रधानमन्त्री ओलीले सांसदहरूले हैसियतमा सत्य कुरा बोल्नुपर्ने पनि बताए।
भिडिओ: