नेकपा (एकीकृत समाजवादी)ले संसदीय दलको बैठक बोलाएको छ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आज दिउँसो १ बजे नयाँ बानेश्वरमा बस्नेगरी संसदीय दलको बैठक बोलाएका हुन्।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले जानकारी दिए।
त्यस्तै संसद अधिवेशन सुरू हुन लागेकाले त्यसबारेमा पनि छलफल हुने चौधरीले बताए।
'समसामयिक राजनीतिक घटनाक्रम र संसदको बजेट अधिवेशनबारे छलफल गर्ने भनिएको छ,' उनले भने।