सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक जारी छ।
शनिबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक भइरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ।
संसदको बजेट अधिवेशन २८ गतेदेखि बस्दैछ।
त्यसकै तयारी स्वरूप छलफलका लागि संसदीय दलको बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
तस्बिरहरूः प्रदीपराज वन्त/प्रधानमन्त्रीको सचिवालय