इलाम–२ को उपचुनावअन्तर्गत् जारी मत गणनामा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ।
अहिलेसम्म फाकफोकथुम, चुलाचुलीका सबै वडा गनिसकिएको छ। माङ्सेबुङको वडा नम्बर १ र २ को मत गन्दा एमाले उम्मेदवार नेम्वाङले ९४८४ मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बर खड्काले ६६३१ मत प्राप्त गरेका छन्।
तेस्रो स्थानमा रहेका मुढा चुनाव चिह्न भएका डकेन्द्रसिंह थेगिमले ५९५१ मत ल्याएका छन्।
चौथो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ। रास्वपाका उम्मेदवार मिलन योङ्हाङ लिम्बूले १४०१ मत प्राप्त गरेका छन्।
मासेबुङको २ नम्बर वडामा एमालेले नै अग्रता लियो। त्यहाँ एमाले उम्मेदवार नेम्वाङले ५८६, कांग्रेसका खड्काले ३५१, स्वतन्त्र थेगिमले ३१७ र रास्वपाका लिम्बूले ९६ मत प्राप्त गरे।
अहिल माङ्सेबुङको ३ नम्बर वडाको मत गणना भइरहेको छ। यहाँ अहिलेसम्म सदर मत २३२०५ छ।
इलाम–२ मा शनिबार उपनिर्वाचन भएको थियो। यहाँ एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेकामा ६९ हजार दुई सय ८७ जनाले शनिबार मतदान गरेका थिए।
२०७९ मा भएको प्रतिनिधि सभा चुनावमा इलाम २ मा एमाले उम्मेदवार सुवास नेम्वाङले ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए भने कांग्रेसका उम्मेदवार डम्बर खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिए। त्यस बेला खड्का तत्कालीन सत्ता गठबन्धनबाट साझा उम्मेदवार थिए।